दफा २२
नागरिकता टोली खटाउन सक्ने

(१) नेपाल सरकारले आवश्यक देखेमा नागरिकताको प्रमाणपत्र वितरण गर्नका लागि नागरिकता प्रमाणपत्र वितरण टोली खटाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम खटाइएको टोलीले नेपाल सरकारले दिएको निर्देशनको अधीनमा रही नागरिकताको प्रमाणपत्र वितरण गर्नेछ ।